शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले काठमाडौंको थापाथलीमा प्रोटोन इमासको नयाँ शोरूम भव्य रूपमा उद्घाटन गरेको छ।
शोरूम उद्घाटन कार्यक्रममा गायक तथा प्रोटोन इमास ग्राहक ब्रिजेश श्रेष्ठ, जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ता, वरिष्ठ उपाध्यक्ष राजु भेटवाल, र अभिनेत्री तथा निर्माता केकी अधिकारीको उपस्थिति थियो।
कार्यकारी निर्देशक गुप्ताले भने, “थापाथलीको शोरूम आगामी वर्षभरि खोल्ने २५ वटा शोरूमहरूमध्ये पहिलो हो।
यी सबै शोरूम कम्पनीकै स्वामित्व र व्यवस्थापनमा रहनेछन्, जसले ग्राहकलाई उत्कृष्ट सेवा सुनिश्चित गर्नेछ।”
कार्यक्रममा ब्रिजेश श्रेष्ठले प्रोटोन इमासको ड्राइभिङ अनुभवलाई उत्कृष्ट र परिवारका लागि उपयुक्त गाडीको रूपमा वर्णन गरे।
त्यसैगरी, अभिनेत्री केकी अधिकारीले शोरूममै गाडी चलाउने बित्तिकै मन परेको बताउँदै भनिन्, “शंकर ग्रुपले नेपालमा ल्याएको थाहा पाएपछि मैले तत्कालै किन्न निर्णय गरेँ।”
शोरूम उद्घाटनको अवसरमा कम्पनीले पाँच जना ग्राहकलाई प्रोटोन इमास-७ सवारी हस्तान्तरण गरेको थियो।
अधिक जानकारीका लागि नक्साल वा थापाथलीस्थित शोरूम वा वेबसाइट https://proton-nepal.com मा जान सकिन्छ।