Skip to content
नेपालमा बीवाईडी सिलिओन ७ को “ब्लाइन्ड बुकिङ” सुरु भएको छ। सिमक्स इन्क.ले जुलाई ५, २०२५ (असार २१ गते) देखि बुकिङ खुला गरेको हो।
सुरुमै बुकिङ गर्नेलाई फाइदा:
-
सुरुमा बुकिङ गर्ने ग्राहकले नगद ७०,००० रुपैयाँ फाइदा पाउनेछन्।
-
७०,००० रुपैयाँ टोकन मनी तिरेपछि बीवाईडी नेपालले थप ७०,००० रुपैयाँ थपिदिनेछ, जसले गर्दा कुल बुकिङ रकम १ लाख ४० हजार रुपैयाँ हुनेछ।
-
ब्याट्रीमा १० वर्ष वा २ लाख किलोमिटरको वारेन्टी र सहायक ब्याट्रीमा ७ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी पाइनेछ।
बीवाईडी सिलिओन ७ को विशेषता:
यो ४.८ मिटर लामो एसयूभी हो। यसमा १०० किलोवाटको मोटर र ७२ किलोवाट आवरको ब्याट्री प्याक छ, जसले एक पटकको चार्जमा ५०० किलोमिटरभन्दा बढीको रेन्ज दिन्छ।
गाडीमा १५.६ इन्चको घुमाउन मिल्ने टचस्क्रिन, १०.२५ इन्चको क्लस्टर, हेड-अप डिस्प्ले, पानोरामिक ग्लास सनरूफ, अगाडि र पछाडिका सेन्सरहरू, ३६० डिग्री क्यामेरा, रिभर्सिङ क्यामेरा, एन्ड्रोइड अटो र एप्पल कारप्ले, छ वटा एयरब्यागहरू, रडार, धेरै क्यामेराहरू, १२ सेन्सरहरू, ब्लाइन्ड स्पट वार्निङ, हाई बिम असिस्ट, लेन डिपार्चर वार्निङ, लेन किप असिस्ट, अगाडि/पछाडि क्रस-ट्राफिक अलर्ट, ट्राफिक साइन रिकग्निसन, स्वचालित आपतकालीन ब्रेकिङ प्रणाली र ढोका खुल्ला चेतावनी जस्ता सुविधाहरू छन्।
यो गाडीको अनुमानित मूल्य ७२ लाख देखि ७५ लाख रुपैयाँसम्म तोकिएको छ।
यो गाडीले बजारमा दिपाल एस ०७, महिन्द्रा बीई ६, एक्सयूभी ९ इ र लीपमोटर सी १० जस्ता मोडलहरूसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।
Post Views: 173