नाडा अटो शो २०२५ का लागि स्टल बुकिङ उत्साहजनक रहेको आयोजक नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले जनाएको छ ।
नाडा अटोमोबाइल प्रदर्शनी आउँदो भदौ ३ देखि ८ गते (अगस्ट १९-२४, २०२५) सम्म भृकुटी मण्डप, काठमाडौंमा हुँदैछ । अटो शोका लागि स्टल बुकिङमा गर्ने ब्राण्डहरु नाडाले सार्वजनिक गरेको छ ।
त्यस्तै दुईपाँग्रेतर्फ हिरो, रोयल इन्फिल्ड, जोनसोन र यामाहाको स्टल रहनेछ ।
लाइट कमर्सियलतर्फ न्यु गो लाउन, डिएफएसके, कामा, फोटोन, सोकोन, सिजी केवाइसी र किङलङ, मोन्ट्रा, स्काइवर्थ काइन्यु, कावेइ/नाभेको, सुन्लङको स्टल रहने नाडाले जनाएको छ ।
त्यस्तै नाडा अटो शोमा कम्पोनेन्टतर्फ विभिन्न कम्पनीका गरी ४० वटा भन्दा बढी स्टल रहने नाडाले जनाएको छ ।
कम्पोनेन्टतर्फ Asian, GULF, Duckhams, ATS ELGI/ELGI, MAFRA, MAXSHINE, WAVEX/ Kuruma, Massimo Nepal, Michelin, Liqui Moly, STC RIDE/ ENERGY, CEAT Tyre, JK/ Good Tyre, Spicer, Vulcan, ITR/ATF/USB/HOBE, CYG, KPI & Kohinoor, Manatec, Electric Vehicle Charger, TATA Green, Total Energies, STUDDS/ SMK, Microbiz, Horizon fct, MAK, PLO लगायतका स्टल रहनेछन् ।
यस पटकको नाडा अटो शोमा मेड इन नेपाल पेभेलियन पनि रहने बताइएको छ । नेपालमै उत्पादन भएका अटो प्रडक्टहरु उक्त पेभेलियनमा सोकेस गरिनेछ । विन्टेज कार पेभिलियन पनि रहनेछ ।
त्यस्तै अटो डायलगमा नीति र प्रवृत्ति सम्बन्धी संवाद हुनेछ । इटेरी, क्याफे लगायत रहनेछ ।
यस पटक हुने नाडा अटो शोलाई एमएडब्लु ग्रुप अफ कम्पनीजले टाइटल स्पोन्सर गरेको छ ।