नाडा अटो शो २०२५ मा ३५ सवारी ब्रान्डसहित ७५ स्टल रहने

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा आगामी भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भुकृटीमण्डपमा आयोजना हुने ‘नाडा अटो शो २०२५’ स्टल बाँडफाँट भएको छ।

बिहीबार नाडाले सहभागी हुने ब्रान्डहरुलाई गोलाप्रथाबाट स्टल बाँडफाँट गरेको हो।

नाडाका अनुसार अटो शोमा ७५ स्टल रहने छन्।

जसमा १८ वटा चारपाँग्रे, ४ वटा दुईपाँग्रे र १३ वटा लाइट कमर्सियल सवारी ब्राण्डको स्टल रहेको नाडाले जनाएको छ।

त्यस्तै अटो शोमा लुब्रिकेन्ट, टायर, स्पेयरपार्टस लगायतको ४० वटा स्टल रहने नाडाले जनाएको छ।

अटो शोमा मुख्य आकर्षणको रुपमा मेड इन नेपाल पभिलियन, अटो डायलग, इटेरी, क्याफे लगायत रहने नाडाको भनाइ छ।

यी हुन् नाडा अटो शोमा सहभागी हुने सवारी ब्राण्डहरु :

चारपाँग्रे ब्राण्ड : दीपल, अवतार, डोङफेङ, नामी, सेरेस, टाटा, सुजुकी, टेस्ला, एवोन, एक्सपेङ, रिडारा, स्काइवेल, बीवाइडी, फोटोन, बीएडब्लू, जेवाइ एयर, एलएस अटो, ब्लभल, जिनपेङ

दुईपांग्रे ब्राण्ड : हिरो, रोयल इनफिल्ड, जोनसन र यामाहा

लाइट कमर्सियल भेहिकल ब्राण्ड : न्यू गोन्वो, डीएफएसके, डोङफेङ, कामा, फोटोन, सोकोन, सीजी केवासीरकिङलङ, मोन्त्रा, स्काइवर्थ, कावेईरनाभेको, सनलङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *