सबै प्रकारका सवारीसाधनको कर यथावत

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा लाग्ने सवारीसाधनको वार्षिक कर यथावत राखेको छ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेटसँगै आएको आर्थिक विधेयकमा सबै प्रकारका सवारीसाधनमा लाग्ने वार्षिक कर यथावत राखेको हो।

प्रदेश सरकारले असार १ गते प्रदेश सभासमक्ष आगामी आर्थिक वर्षको बजेट पेश गरेको थियो।

संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले असार १ गते प्रदेश सभामा बजेट पेश गर्नुपर्छ।

उक्त बजेटसँगै आएको आर्थिक विधेयकमार्फत प्रदेश सरकारले सवारीसाधनमा लाग्ने वार्षिक कर यथावत राखेको हो।

चालु आर्थिक वर्षमा कायम रहेको वार्षिक करको दरमा बागमती प्रदेश सरकारका अर्थिकमन्त्री कुन्दनराज काफ्लेले कुनै थपघट गरेका छैनन्।

कुन सवारीमा कति लाग्छ वार्षिक कर?

निजीतर्फ 

१ हजार सीसीसम्म वार्षिक २२ हजार

१ हजारदेखि १५ सय सीसीसम्म वार्षिक २५ हजार

१५ सयदेखि २ हजार सीसीसम्म वार्षिक २७ हजार

२ हजारदेखि २५ सय सीसीसम्म वार्षिक ३७ हजार

२५ सयदेखि ३ हजार सीसीसम्म ५० वार्षिक हजार

३ हजारदेखि ३५ सय सीसीसम्म वार्षिक ६५ हजार

३५ सय सीसीभन्दा माथि सबैको वार्षिक ७० हजार

मेसिनरी उपकरण वार्षिक ४० हजार

टिपरको वार्षिक ३९ हजार

मिनिटिपरको वार्षिक ३३ हजार

मोटरसाइकल तथा स्कुटर

१ सय २५ सीसीसम्मको ३ हजार

१ सय २५ देखि १ सय ५० सीसीसम्मको ५ हजार

१ सय ५० देखि २ सय २५ सीसीसम्मको ५ हजार ५ सय

२ सय २५ देखि ४ सय सीसीसम्मको १२ हजार

४ सयदेखि ६ सय ५० सीसीसम्मको २५ हजार

२६ सय ५० सीसीभन्दा माथि सबैको ३५ हजार

भाडामा दर्ता भएको कार, जिप, भ्यान र माइक्रोबस

१ हजार सीसीसम्मको ११ हजार

१ हजारदेखि १५ सय सीसीसम्मको १२ हजार ५ सय

१ हजार ५ सयदेखि २ हजार सीसीसम्मको १३ हजार ५ सय

२ हजारदेखि २ हजार ५ सय सीसीसम्मको १४ हजार ५ सय

२ हजार ५ सयदेखि ३ हजार सीसीसम्मको १६ हजार ५ सय

३ हजारदेखि ३५ सय सीसीसम्मको १७ हजार ५ सय

३ हजार ५ सयदेखि ४ हजार सीसीसम्मको १९ हजार

४ हजार सीसीभन्दा माथि सबैको २२ हजार

मेसिनरी उपकरणको २१ हजार

टिपरको १९ हजार

मिनिटिपरको १८ हजार

निजी विद्युतय कार

५० किलोवाटसम्म मोटर पावर भएकोलाई ५ हजार

५० देखि १ सय २५ किलोवाट मोटर पावर भएकोलाई १५ हजार

१ सय २५ देखि २ सय किलोवाट मोटर पावर भएकोलाई २० हजार

२ सय किलोवाट मोटर पावरभन्दा माथिकोलाई ३० हजार

भाडामा दर्ता भएका विद्युतीय कार, जिप, भ्यान र माइक्रोबस

२० किलोवाटदेखि ५० किलोवाट मोटर पावर भएकालाई ३ हजार

५० देखि १ सय २५ किलोवाट मोटर पावर भएकालाई ५ हजार

१ सय २५ देखि २ सय किलोवाट मोटर पावर भएकालाई १० हजार

२ सय किलोवाटभन्दा माथि मोटर पावर भएकालाई १५ हजार

Leave a Reply

Your email address will not be published. Required fields are marked *