बागमती अटोमोबाइल्स एसोसिएसनको आयोजना र भोटोभर्स स्पोर्टस् क्लब तथा जियोन ओभरल्याण्डको व्यवस्थापनमा आउँदो असार १४ गते टिडिएस मोटर र्याली तथा अटो जिमखाना आयोजना गरिएको छ ।
सो मोटर र्याली तथा अटो जिमखाना प्रतिष्पर्धामा ३२ गाडीसहित ७७ जना खेलाडी (ड्राईभर्स) कोे सहभागीता रहनेछ । १८ जना दक्ष मार्शल परिचालित हुनेछन् ।
बागमती प्रदेश प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोगमा हुने सो र्याली रोयल टुलिप काठमाडौं, ग्वार्को ललितपुरबाट शुरु भई लुभू, लाकुरी भञ्ज्याङ, कुशादेवी–पनौती हुदै बनेपा स्थित चण्डेश्वरी ड्राइभिङ स्कुलमा पुगी सम्पन्न हुनेछ ।
टिडीएस सिस्टममा हुने सो र्याली पश्चात् सोही ड्राइभिङ स्कुलमा पहिलो बागमती अटो जिमखाना आयोजनाका लागी आकर्षक अस्थायी सर्किट निर्माण गरिनेछ ।
रु २ लाख पुरस्कार रहेको सो इभेन्ट र्यालीका विजेताले शिल्ड, प्रमाणपत्र, गिफ्ट हयाम्पर पाउनेछन् भने अटो जिमखानाका ३ जना विजयी २ लाखका हकदार हुनेछन् र एसियन अटो जिमखानाको लागी चयन हुनेछन् ।
जहाँ ५ भन्दा ज्यादा महिला ड्राइभर सहभागी भएमा वेस्ट फिमेल ड्राइभर्स अवार्ड समेत प्रदान गरिनेछ ।
उपत्यकाकै आकर्षक र्याली रुटमा हुने तथा नेपालकै आकर्षक र भब्य ड्राइभिङ सेन्टरमा पहिलो पटक भइरहेको यस प्रतियोगीताको शुभारम्भ प्रदेशका आर्थिक मामिला मन्त्रीबाट तथा समापन र पुरस्कार वितरण बागमती प्रदेशका सचिवबाट गरिनेछ ।
रोयल टूलिप काठमाडौं, चण्डेश्वरी ड्राइभिङ स्कुल, अटो नेपाल – म्यागजिन, मोटरिङ नेपाल तथा यति प्लाष्टीक बनेपा यस कार्यक्रमका मुख्य पार्टनर अर्गनाइजेसन हुनेछन् ।
सहभागी दर्ता शुल्क दुवै इभेन्टको जम्मा पाँच हजार मात्र रहेको छ, एक इभेन्टमा मात्रै भाग लिनेले ३ हजार मात्र बुझाउनुपर्नेछ ।
र्यालीको टिममा २ जना ड्राइभर रहनेछन् भने रेसिङमा एक/एक जनाको प्रतिष्पर्धा रहनेछ ।
समय–दुरी–गतिको आधारमा निर्णय गरिने र्याली विश्वकै मोटर स्पोर्टसको लोकप्रिय विधा हो ।
अस्थायी रूपमा तयार गरिएको सर्ट–सर्किटमा हुने रेसिङ स्किल, स्पीड र एडभेञ्चरको संयोजन हो ।
नेपाल अटोमोबाइल्स एसोसिएसनबाट स्वीकृत यस इभेन्टमा संघको मार्शल तथा ट्रेनिङ कमिसनद्वारा प्राविधिक जनशक्ति परिचालन गरिनेछ ।
अन्तर्राष्ट्रिय सहभागीता, महिला सशक्तिकरण, ड्राइभ टुरिजम र एडभेञ्चयर स्पोर्टको संयोजन रहेको यस इभेन्टमा कुल १८ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।