मुगुमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

मुगुको खत्याड गाउँपालिकाको माझचौर बजारबाट बालुवा लिएर वडा नं ४ जिउका जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

मृत्यु हुनेमा खत्याड गाउँपालिका–४ पैखु गाउँकी शारदा थापा रहेकी छ्नि्।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ज १ त ५११२ नम्बरको ट्याक्टर माझचौरबाट बालुवा लिएर जिउका जाँदै गर्दा राति ९ बजेतिर वडा नं ४ राम्रीकाद भन्ने स्थानमा अनियन्त्रित भई सडकबाट करिब सात सय मिटर तल खसेको थियो।

घटनालगत्तै प्रहरी चौकी माझचौर र इलाका प्रहरी कार्यालय रातापानीबाट प्रहरी घटनास्थलमा पुगेको थियो।

स्थानीय र प्रहरीहरूले घाइतेलाई उद्धार गरेका थिए। उनीहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *