विस्तार भएको मुग्लिन-पोखरा सडक

मुग्लिनदेखि पोखरासम्मको सडक विस्तार गर्ने काम तीव्र गतिमा भइरहेको छ।

  • पश्चिमी भाग (जमुने–सेती पुल): करिब ५३ % काम पूरा भइसकेको छ। २४ किमि दुबैतर्फ कालोपत्र र १२.८ किमि एकतर्फ कालोपत्र भइसक्यो। बाँकी ३ किमि यस महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको छ। र, ४२४ वटा बिजुलीका पोल हटाउन बाँकी छ जसले काम ढिलो भएको हो

  • पूर्वी भाग (अबुखैरनी–जमुने): करिब ८२–८५ % काम सकिएको छ। मादी पुल नजिकका केही एकतर्फी भाग र स्थानीय बजार क्षेत्रका काम अझै बाँकी छन् र छिटै सम्पन्न गरिने तयारी छ

यो परियोजनामा एशियन डेभलपमेन्ट बैंकको सहयोग लिइएको छ, र सडक विस्तार योजनासँगै यात्रा समय घट्ने, आर्थिक र पर्यटन विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *