Skip to content
बीएमडब्लुले आफ्नो नयाँ विद्युतीय एसयूभी ‘आईएक्स २’ परीक्षणका लागि सार्वजनिक गरेको छ।
सहर र पहाडी दुबै क्षेत्रमा परीक्षण गर्दा कारको प्रदर्शन प्रभावकारी देखिएको छ।
यसमा १७० मिमि ग्राउन्ड क्लियरन्स र १९ इञ्चका टायर छन्, जसले उकालो र असिन्जो बाटो सजिलै पार गर्छ।
कारमा ६६.५ kWh को ब्याट्री छ, जसले ४००–४७५ किलोमिटर यात्रा गर्न सक्छ। फास्ट चार्जर प्रयोग गर्दा १३० kW सम्म चार्ज हुन्छ।
कारको ड्राइभिङ स्मूथ छ भने स्पोर्ट मोडले अझ राम्रो रफ्तार दिन्छ।
सुरुवाती ब्रेकिङ अलिक तीव्र लाग्न सक्छ। इन्फोटेनमेन्ट स्क्रिन सानो भए पनि हेड–अप डिस्प्ले र इन्टेरियर डिजाइनले प्रिमियम अनुभव दिन्छ।
यसको मूल्य करसहित करिब १ करोड ८० लाख रुपैयाँ तोकिएको छ। नेपालमा यसको बिक्री र सर्भिस लक्ष्मी प्रिमियम मोटर्समार्फत भइरहेको छ।
Post Views: 249