बागलुङ नगरपालिका–१० दव्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध भएको छ। बिहीबार रातिदेखि परेको अविरल वर्षाले सडक बगाएको हो। पहिरोले गर्दा बागलुङ बजारदेखि जिल्लाको दक्षिण क्षेत्रमा सवारी आवागमन ठप्प भएको छ। कालोपत्रे हुँदै गरेको बागलुङ–बलेवा विमानस्थल खण्डमा पनि पहिरोले क्षति पुर्याएको छ। निर्माण कम्पनीले पहिरो हटाउने र सडक मर्मत गर्ने काम गरिरहेको छ, तर सडक खुल्न केही समय लाग्ने छ।