भारतीय गाडी निर्माता महिन्द्रा ले अब आफ्ना विद्युतीय मोडलहरू XUV 9 ई (XUV.e9) र BE-6 मा रेन्ज एक्सटेन्डर हाइब्रिड टेक्नोलोजी ल्याउने निर्णय गरेको छ।
यो योजना अनुसार, यी गाडीहरूमा अब सानो पेट्रोल इन्जिनसमेत राखिनेछ, जसले ब्याट्री सकिएपछि चार्ज गर्न सहयोग गर्नेछ। यसरी यात्राको बीचमा गाडी रोकिनु नपर्ने कम्पनीको भनाइ छ।
महिन्द्राले सन् २०२6 देखि आफ्ना नयाँ इभी मोडलहरू उत्पादनमा ल्याउने तयारी गरिरहेको छ।
कम्पनीले सन् २०३० सम्ममा २५% हाइब्रिड मोडल उत्पादन गर्ने लक्ष्य राखेको छ।
यो निर्णयपछि महिन्द्रा पनि अब टाटा, टोयोटा, एमजी जस्ता ब्रान्डहरूसँग हाइब्रिड प्रतिस्पर्धामा उत्रिएको देखिन्छ।