कटहरीमा रेल स्टेशन बन्यो

विराटनगर–बुधनगरसम्म रेल ट्र्याक निर्माणका क्रममा कटहरी–१ मा २६ बिगाहा जग्गामा नयाँ रेलवे स्टेशन र यार्ड अब निर्माण हुने भएको छ।

सर्वोच्चले मुआब्जा विवाद समाप्त गरेपछि भारतीय कम्पनी इरकनले बुधनगरदेखि कटहरीसम्म १०.१ किलोमिटर ट्र्याक बनाउने र स्टेशन यार्ड निर्माणमा चाँडै टेन्डर प्रक्रियासहित काम थाल्ने तयारी गरेको छ।

कुल लागत करिब ७० करोड भारतीय रुपैयाँ अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *