भारतकाे केदारनाथमा हेलिकाेप्ट दुर्घटना

भारतकाे उत्तराखण्डको केदारनाथ मार्गमा आज बिहान हेलिकाेप्टर दुर्घटनाग्रस्त भएको छ।

 हेलिकाेप्ट दुर्घटनामा परेर सात जनाको मृत्यु भएको छ। दुर्घटनाग्रस्त हेलिकाेप्ट आर्यन कम्पनीको हो।

यो दुर्घटना गौरीकुण्ड क्षेत्रमा भएको हो। दुर्घटना बिहान ५:३० बजे भएको बताइएको छ।

हेलिकाेप्ट दुर्घटनाको कारण खराब मौसम रहेको बताइएको छ।

दुर्घटनामा परेर एक दम्पती र उनीहरूको २३ महिनाको बच्चाको पनि मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हेलिकोप्टरमा पाइलट सहित ७ जना सवार थिए ।

हेलिकोप्टरमा सवार सबै यात्रुको मृत्यु भएको छ । यो हेलिकोप्टर केदारनाथ धामबाट यात्रुहरू लिएर गुप्तकाशी फर्किरहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *