Skip to content
नेपाल आयल निगमको १४ तले आधुनिक कर्पोरेट भवन बबरमहलमा निर्माणको अन्तिम चरणमा पुगेको छ।
२०७२ को भूकम्पपछि पुरानो भवन हटाएर नयाँ बनाइएको हो।
भवनको ९७% काम सम्पन्न भइसकेको छ र साउन १ गतेदेखि सञ्चालनमा ल्याउने लक्ष्य छ।
भवनमा २ बेसमेन्ट, २ लिफ्ट, फायर सिस्टम, डे केयर, सेमिनार हल, र ७ विभाग रहनेछन्। लागत ९१ करोड रुपैयाँ पुगेको छ।
Views: 228