संझौता उल्लंघनपछि नाडामा आकाशको विद्रोह

नाडा अटोमोबाइल्स एसोसिएसनमा आकाश गोल्छा वरिष्ठ उपाध्यक्षबाट सदस्यमा घटाइएपछि, उनले अध्यक्ष करण चौधरीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन सामूहिक रूपले आन्दोलनको घोषणा गरेका छन्।

जिलास्तरीय प्रशासनले संशोधित विधानलाई मान्यता नदिएपछि उत्पन्न विवादले नयाँ रूप लिएको हो।

आकाश पक्षमा रहेका व्यवसायीहरूले करणलाई व्यक्तिगत कम्पनीजस्तै नाडा चलाएको, सहमति बेवास्ता गरेको आरोप लगाएका छन्।

बिहीबार पत्रकार सम्मेलन गर्दै समर्थनकर्ताहरुले आवश्यक कागजात उपलब्ध नभए अध्यक्षलाई कालोमोसो लगाउने चेतावनीसमेत दिएका छन्, र विशेष साधारणसभाबाट आकाशलाई अध्यक्ष बनाउने तयारी पनि भैरहेको बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *