गण्डकी अटो मेकानिकल वर्क्स एशाेसिएसन पाेखरा र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशकाे संयुक्त आयोजनामा सञ्चालन भईरहेकाे ९६ घण्टाकाे सीप स्तराेन्नति तालिमकाे दशौं दिन पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पस लामाचाैर १६ पाेखरामा सम्पन्न भयो ।
तालिम निरीक्षण तथा अवलोकनका लागि नेपाल अटोमेकानिक्स ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष गाेपाल भट्टराई, केन्द्रीय वरिष्ठ उपाध्यक्ष कुल बहादुर नेपाली लगाएत सस्थाका पुर्व अध्यक्ष सनत कुमार भट्टराई, प्रेस सल्लाहकार कृष्णबहादुर थापा, निवर्तमान अध्यक्ष एवं महासघका केन्द्रीय सदस्य सन्तोष कुमार मिश्रहरुकाे उपस्थिति रहेकाे थियो ।
महासंघका अध्यक्ष गाेपाल भट्टराईले तालिम पश्चात् एशाेसिएसनकाे कार्यालय नयाँबजारमा उहाँको गरिमामय उपस्थिति सहित विभिन्न जिल्ला संघ र महासंघका बारेमा समिक्षात्मक छलफल भएको थियोे ।