होण्डाको निःशुल्क सर्भिस क्याम्प

नेपालका लागि होण्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. ले विशेष ३ दिने निःशुल्क सर्भिस क्याम्प आयोजना गर्ने भएको छ।

काठमाडौँ, ललितपुर, भक्तपुरलगायतका क्षेत्रलाई लक्षित गर्दै, २०८१ जेष्ठ २७ देखि २९ गतेसम्म ललितपुरको धोबीघाटस्थित होण्डा सर्भिस सेन्टरमा क्याम्प सञ्चालन हुनेछ।

यस क्याम्पमार्फत २००१ देखि २०१४ सम्मका मोडलमा पर्ने गाडीहरूमा सेफ्टी रिकल कार्यक्रमअन्तर्गत निःशुल्क एयरब्याग परिवर्तन गरिनेछ।

साथै, ग्राहकहरूले विभिन्न सेवा सुविधामा विशेष छुट पनि प्राप्त गर्न सक्नेछन्:

  • लेबर चार्जमा १०% छुट

  • स्पेयर पार्ट्समा ७% छुट

  • ल्युब्रिकेन्टमा ५% छुट

  • ए.सि. रिफिलमा २०% छुट

  • डेन्ट–पेन्ट सेवामा १०% छुट

  • HDS Scan सेवा निःशुल्क

कम्पनीले भविष्यमा पनि यस्ता सुविधायुक्त कार्यक्रमहरू ल्याउने प्रतिबद्धता जनाएको छ। स्याकार ट्रेडिङ्गले सबै होण्डा ग्राहकहरूलाई यो अवसरको पूरा फाइदा लिन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *