Skip to content
चालु आर्थिक वर्षको जेठ १५ सम्म नेपालमा १७,७३२ युनिट प्यासेन्जर गाडी आयात भएका छन्।
यसमा टाटा मोटर्सले २,६०७ युनिट गाडी आयात गरेर अग्रस्थानमा छ भने बीवाइडीले २,५०६ युनिट गाडी ल्याएर दोस्रो स्थानमा छ।
महिन्द्रा १,७४० युनिटसहित तेस्रो र हुन्डाई १,७०४ युनिटसहित चौथो स्थानमा छन्।
पाँचौं स्थानमा एमजी (१,२५० युनिट), छैटौंमा सुजुकी (१,०९२ युनिट), र सातौंमा डोङफेङ नामी (१,०२४ युनिट) रहेका छन्।
नेपाली बजारमा हाल ६० वटा ब्रान्डका गाडी उपलब्ध छन्, जसमा ८० प्रतिशत इलेक्ट्रिक गाडी छन्।
Post Views: 235