Skip to content
काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–६, भुग्देउमा यात्रु बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।
बुधबार पनौतीबाट भुग्देउ जाँदै गरेको बा३ख ४४३५ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको हो।
भुग्देउको दर्केखोला नजिकै सडकबाट करिब ५० मिटर तल खस्दा ६० वर्षीय कृष्णकुमारी तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको स्थानीयले जानकारी दिए।
उक्त बसमा पाँचजना सवार थिए। उनीहरूमध्ये बसचालकसहित तीनजना घाइते भएका छन्।
मृतकको नातिनी एक वर्षीया संगम तिमल्सिना र बुहारी संगीता आचार्य तिमल्सिना र चालक घाइते भएका छन्।
घाइतेहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको स्थानीयले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय काभ्रेबाट घटनास्थलतर्फ प्रहरी खटाएको जानकारी दिएका छन्।
Post Views: 171