सुनकोशी-मरिण ड्राइभर्सन आयोजनाको अवस्था

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले राष्ट्रिय गौरवको सुनकोशी-मरिण ड्राइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ, हेडवक्स र पावरहाउसको स्थलगत निरीक्षण गरेका छन्।

‘१३ किलोमिटर लामो सुरुङ सकियो, अब हेडवक्स र पावरहाउसमा ध्यान केन्द्रित गर्नुपर्छ,’ मन्त्री खड्काले भने।

राष्ट्रिय गौरवको सूचीमा परेको यो आयोजना हाल मधेशको सिँचाइ र जलविद्युत उत्पादन दुवैका लागि महत्त्वपूर्ण मानिन्छ। १३.२ किलोमिटर सुरुङ तयार भइसकेको छ।

मन्त्री खड्काले अब बाँकी संरचना समयमै सक्न निर्देशन दिएका छन्। ‘हेडवक्स, पावरहाउस निर्माण ढिला भयो भने सिँचाइ र विद्युत् उत्पादन दुवै प्रभावित हुन्छ,’ मन्त्री खड्काले भने।

१४ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाबाट १ लाख २२ हजार हेक्टर मधेश प्रदेशको जमिनमा सिँचाइ पुग्नेछ।

त्यस्तै ३२ मेगावाट विद्युत उत्पादन हुने र कुल पानीको १० प्रतिशत खानेपानीका लागि छुट्याइनेछ।

‘ठेकेदार, कन्सल्ट्यान्ट र कर्मचारी सबै मिलेर अब गम्भीर भएर लाग्नुपर्छ,’ मन्त्री खड्काले भने, ‘सरकारबाट कुनै कमी हुँदैन, आवश्यक सबै सहयोग गर्छौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *