सार्वजनिक यातायात बन्द हुँदा यात्रुलाई सास्ती

आज बिहानैदेखि सार्वजनिक यातायात बन्द हुँदा यात्रुलाई सास्ती भएको छ ।

गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर ‘राइड सेयरिङ’का नाममा निजी सवारीसाधनलाई यात्रु ओसारपसार गर्न दिएकामा आपत्ति जनाउँदै बिहानैदेखि यातायात ठप्प पारेका छन् ।

जसले गर्दा बिहानैदेखि लामो तथा छोटो दुरीका सार्वजनिक यातायात सञ्चालन हुन सकेका छैनन् । जसले गर्दा यात्रुले सास्ती भोगेका छन् ।
आज सार्वजनिक यातायात नचलेपनि निजी साधान भने सञ्चालन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *