Skip to content
युक्रेनको सीमा नजिक रहेको रुसको एउटा पुल भत्किँदा कम्तीमा पनि सात जनाको मृत्यु भएको छ ।
कयौँ भारी ट्रक एकै साथ पुल भएर गइरहँदा शनिबार साँझमा ब्रेन्स्कमा राजमार्गमा बनेको पुल खसेर रेल्वे ट्र्याकमा खसेको थियो ।
ठ्याक्कै यतिबेला रेल्वे ट्र्याकमा यात्रुबाहक रेल गइरहेको थियो । यस घटनामा अरू ३१ जना घाइते भएको बताइएको छ ।
अग्नि तथा उद्धार एकाइले रेलमा यात्रा गरिरहेका मानिसहरू खोज्ने प्रयास गरिरहेको रुसी आकस्मिक मन्त्रालयले भनेको छ ।
यस घटनामा सात जनाको मृत्यु भएको स्थानीय गभर्नर अलेक्जान्डर बोगोमाजले टेलिग्राममा भनेका छन् ।
एक जना बालबालिका समेत अरू दुई जना गम्भीर रूपमा घाइते भएको उनले बताए ।
घाइते सबैको ब्रेन्स्कका अस्पतालहरूमा उपचार भइरहेको बताइएको छ । घटनामाथि छानबिन सुरु भएको जनाइएको छ ।
Post Views: 163