ग्लोबल आइएमई बैंकले आफ्नो १८औँ वार्षिकोत्सव र विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण अभियान सञ्चालन गरिरहेको छ।
बैंकले काठमाडौंको टोखा नगरपालिकाका विभिन्न विद्यालयहरूमा १,००० वटा फलफूलका विरुवा रोपेको छ।
कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, विद्यालयका प्रिन्सिपल, प्रतिनिधिहरू, विद्यार्थी र स्थानीयको सहभागिता थियो।
त्यसैगरी, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न वडामा १,५०० बाँसका विरुवा रोपिएको छ।
यस कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, नगरपालिका प्रमुख, नेपाली सेना, नेपाल प्रहरीका प्रतिनिधि र स्थानीयको उल्लेखनीय उपस्थिति थियो।
बैंकले यस आर्थिक वर्षमा देशभर १८,००० विरुवा रोप्ने लक्ष्य राखेको छ। सातै प्रदेशमा यो अभियान विस्तार गरिएको छ।
बैंकले यो अभियानले जलवायु परिवर्तन न्यूनीकरण र स्थानीयको आयआर्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्स र युरो मनीबाट २०२४ का लागि नेपालकै उत्कृष्ट बैंक घोषित भएको छ।
यस बैंकको देशभर ३५४ शाखा, ३८५ एटिएम, २०२ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन काउन्टर र ३ विदेशी कार्यालय छन्।
बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, कोरिया, जापान, साउदी, कतार, यूएई, बहराइन, भारत लगायत देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ।