हिमालयन राईडर्सको आयोजनामा एक्स्प्रोलर रुकुम नाम दियर जेष्ठ १४-१७ सम्मको मोटरसाईकल यात्रा सेन्ट्रल कलेजको प्रांगणवाट सुरु हुदै मुग्लिंन, पोखरा, कुश्मा, वाग्लुंग, गल्कोट, रुद्रवेणी, वुर्तिवांग, पाटिहाल्ने, लुगुम, महतगांउ, रुकुमकोट, टक्सेरा, पाल्पा – रानिमहल, गैडाकोट हुदै नारायणी नदिको किनारमा ७६९ किमिको सफल यात्राको साथ मानसपटलमा कैद भयका अनेकौ सम्झनाका पलहरु लियर सम्पन्न भएको छ।
यस यात्राका परिकल्पनाकार तथा को-अर्डिनेटर आदरणिय अमृत जोशी, हामिसंगै साथमा साथ रहि राईडमा जानुहुने २४ जना सहभागीहरु, हामिलाई स्पोन्सर गर्नुहुने तमाम सौजन्यकर्ताहरु, सुभभाव सुभकामना दिनुहुने भरतपुर महानगरपालिका वार्ड नं १ का श्रद्देय अध्यक्ष केशव महर्जन, चितवन अटोमोवाईल्स एसोसियसनका अध्यक्ष आदरणीय कुल वहादुर क्षेत्रि, निवर्तमान अध्यक्ष कृष्णप्रसाद भण्डरी, पुर्व अध्यक्ष वालकृष्ण कंडेल, सेन्ट्रल कलेजका संचालक वाईवि पौडेल, रुकुमका चर्चित भ्लगर दिलचन पुन, न्यानो आतिथ्यता प्रदान गर्नु हुने सिस्ने गाउपालिकाका अध्यक्ष आदरणीय कृष्ण रेग्मि, एसोसिएट पार्टनर लायन्स क्लव अफ चितवन अटोमोवाईल्सका
अध्यक्ष लायन प्रसान्त पौडेल, मिडिया पार्टनर आर्थिक आवाजका प्रधान सम्पादक सुरेन्द्र पौडेल, तालचोक कास्किमा चिसो जुसले स्वागत गर्नुहुने प्रिय भाई गोपि तिवारि, पाल्पाको रमणिय स्थान भ्रमण गराई दिनुहुने रामपुर पाल्पाका प्रिय मित्र विकास पौडेल, रजिस्ट्रेसन गरेर पनि विविध कारणले सहभागी हुन नसक्ने दाजु भिम सुवेदी, प्रिय मित्र विकास घिमिरे लगायत हाम्रो राईडलाई सुभभाव सुभकामना दिनुहुने तमाम आदरणीय सुभचिन्तकहरु प्रति हार्दिक धन्यवाद प्रदान गर्नुभएको थियो ।