नेपालभरि कालोपत्र सडक १९ हजार किलोमिटर

नेपालभरि कोलोपत्र सडक १९ हजार १ सय ६३ किलोमिटर पुगेको छ ।

आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार संघीय सरकारबाट निर्माण भएको रणनीतिक सडक सञ्जाल र स्थानीय सडक सञ्जाल समेत जोड्दा उक्त मात्रामा सडक कालोपत्र भएको देखिएको छ ।

यस अवधिमा ८ हजार २ सय ४ किलोमिटर खण्डस्मित र ८ हजार ७ सय ६५ किलोमिटर सडक कच्ची पुगेको छ ।

देशभरि सडक लम्बाइ ३६ हजार १ सय ३२ किलोमिटर पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।

खानेपानीतर्फ फागुन २०८१ सम्म आधारभूत खानेपानी सेवा पहुँच ९६.८५ प्रतिशत जनसंख्यामा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *