धनकुटामा स्कारपियो दुर्घटना हुँदा पाँचजना घाइते

धनकुटाको साँगुरीगढी गाउँपालिका–६, चारखोले गोलाईमा आज बुधबार दिउँसो स्कारपियो दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्।

धरानबाट संखुवासभातर्फ जाँदै गरेको को १ च ६६४० नम्बरको स्कारपियो साँखुरीगढीमा दुर्घटना भएको हो।

दुर्घटनामा परी स्कारपियोचालक सप्तरीको बोदेबर्साइन नगरपालिका–३ का ३८ वर्षीय राकेशकुमार यादव, उदयपुरको त्रियुगा नगरपालिकाका ६५ वर्षीय ललित परियार, विराटनगर महानगरपालिका–३ का ३३ वर्षीया एन्जिला अधिकारी, विराटनगर महानगरपालिकाकी २३ वर्षीया निर्मला गुर्वाजु र मोरङ उर्लाबारी नगरपालिका–१ की ३० वर्षीया ज्ञानु गौतम घाइते भएकाे जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

घाइतेहरू सबै विराटनगरस्थित हियर्ड नेपाल नामक संस्थामा कार्यरत कर्मचारीहरू रहेको प्रहरीले बताएको छ। घाइतेहरू सबैको उद्धार गरी उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको प्रहरीले बताएको छ। ब्रेक फेल भएर स्कारपियो सडकबाट करिब ५० मिटर तल खसेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *