लोडसेडिङको कारण इभि सवारी साधनहरुको बिक्रि निकैं कम

हाल नेपालमा अघोषित लोडसेडिङको कारण इभि सवारी साधनहरुको बिक्रि निकैं कम भएको अटो व्यवसायीहरु बताउँछन् ।

अटो व्यवसायीहरुका अनुसार पहिले महिनामा ८ – १० सवारी साधनहरुको बिक्रि हुने गरेकोमा, अहिले निकैं कम भएको जानकारी दिन्छन, यसरी अघोषित लोडसेडिङले गर्दा समस्या परेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आइतबार साँझ नेपाल विद्युत् प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्रको अनुगमन गरेका छन् ।

मन्त्री खड्काले देशभरिको विद्युतको खपत र आपूर्ति व्यवस्थापनका विषयमा जानकारी लिएको जानकारी दिँदै केही समूह वा व्यक्तिहरूले नियोजित रूपमा लोडसेडिङको हल्ला फैलाइरहेको आरोप लगाए ।

उनले भने, ‘हाल देशमा उत्पादन भइरहेको विद्युत आन्तरिक माग पूरा गर्न पर्याप्त रहेको छ । केही समूह वा व्यक्तिहरूले नियोजित रूपमा लोडसेडिङको हल्ला फैलाइरहेका छन्, जुन पूर्णतः भ्रामक र आधारहीन छ ।’

उनले मौसमजन्य घटनाका कारण कहिलेकाहीँ केही क्षण समस्या देखिए पनि तिनको तत्काल समाधान भइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *