नवलपरासीमा सवारी दुर्घटना

पश्चिम नवलपरासीको सुनवल–परासी सडक खण्डमा गएराति भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तका अनुसार सुनवलबाट परासी जाँदै गरेको लु १८ प २९४५ नम्बरको मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिँदा साइकलयात्री रामग्राम नगरपालिका– १ निवासी ५० वर्षीय लवकुश चौधरीको मृत्यु भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते चौधरीको आज बिहान साढे ११ बजेतिर जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा परी मोटरसाइकलचालक सुनवल नगरपालिका– ३, आछामबासीनिवासी ३० वर्षीय लक्ष्मण सापकोटा र मोटरसाइकल पछाडि सवार २६ वर्षीय अमृत भुजेल घाइते भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *