ईभी गाडी १२१८ वटा जाँचपास भए

तातोपानी नाकाबाट वैशाखमा मात्रै ३ अर्ब ११ लाख रुपैयाँ बराबरको १२१८ वटा जाँचपास भएका छन् ।

सो परिमाणमा आयात हुँदा १ अर्ब ६६ करोड ८० रुपैयाँ राजस्व सङ्कलन भएको छ  ।

कुल आयात भएका सवारीमध्ये ११ देखि १४ सिटरका २०१ वटा छन् । यस्तै ५० किलोवाट क्षमतासम्मका जीप, भ्यान र कार २३८ वटा आयात भएका छन् ।

यसैगरी ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका ६८२, १०१ किलोवाटदेखि २०० सम्मका जीप, कार भ्यान ७० वटा, पीकअप ४ वटा, ट्रक ४ वटा र अन्य चारपाङ्ग्रे ईभी १९ वटा आयात भएको जनाएको छ ।

‘सडक बिग्रिएर रोकिएका करिब १०० हाराहारीमा अब आउन बाँकी छन्  । तिनलाई अस्थायी रूपमा बाटो बनाएर ल्याउने तयारी हुँदैछ,’ काफ्लेले भने, ‘लामो लाइन छैन होला ।

अब धेरै आए ५०/६० वटाको सङ्ख्यामा आउँछ होला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *