यस्तो छ बिपी राजमार्गको पछिल्लो अवस्था

गत वर्षको असोज दोस्रो साता रोशी खोलामा आएको बाढीले पुर्‍याएको क्षतिको डोब अझै पनि देखिन्छ।

बिपी राजमार्गको कटुन्जेदेखि बर्खे खोलासम्म विभिन्न खण्डमा सडक पूर्ण रूपमा ध्वस्त भएपछि अहिले अस्थायी व्यवस्था गरेर सवारी आवतजावत गरिरहेका छन्।

१ सय ६० किलोमिटर लामो बिपी राजमार्गको २८ किलोमिटर क्षेत्र बाढीका कारण क्षतिग्रस्त भएको ८ महिना पछि पनि रोशीको किनारमा बसोबास गर्ने र यो सडक प्रयोग गर्ने जो कसैको पनि आङ सिरिङ बनाउँछ।

सडक विभागका अनुसार गत असोजमा आएको बाढीका कारण काभ्रेपलाञ्चोकको रोशी खोलादेखि सिन्धुलीको नेपालथोकसम्मको १३ किलोमिटर सडकखण्ड पूर्ण रूपमा क्षतिगस्त बनेको छ भने साढे ८ किलोमिटर सडक जमिन (जग) बाटै पूर्ण रूपमा बगेको छ।

बाँकी खण्डमा भने भत्केर क्षतिग्रस्त बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *