भोलिदेखि राप्ती राजमार्ग दैनिक ६ घण्टा बन्द हुने

भाेलिदेखि राप्ती राजमार्ग दैनिक ६ घण्टा बन्द हुने भएको छ। राप्ती राजमार्गअन्तर्गत राम्री–कपुरकोट खण्डको स्तरोन्नति गर्न भन्दै बुधबारदेखि दैनिक ६ घण्टा राजमार्ग बन्द हुने भएको हो।

जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार ७ देखि १३ जेठसम्म एक साता बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म राजमार्ग बन्द हुनेछ।

निर्माण कम्पनीले सवारी आवागमन बन्द गरी सहजीकरण गरिदिन आग्रह गरेपछि एक साताका लागि दैनिक ६ घण्टा राजमार्ग बन्द हुने प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिइन्।

उक्त अवधिभर साना सवारीसाधनहरूले वैकल्पिक सडक पैयाखोरिया–सातावास– किमचौर–कपुरकोट सडक प्रयोग गर्न आग्रह गरिएको पुनको भनाइ छ।

कर्णाली प्रदेशको प्रमुख नाकाको रूपमा समेत रहेको राजर्माग वर्षौदेखि उत्तरोन्नतिको पर्खाइमा थियो।

सडक डिभिजन कार्यालय दाङले  कपुरकोट–दाङ सडक खण्डको स्तरोन्नति गर्न भन्दै दर्जनभन्दा बढी पटक सडक बन्द गर्दै आइरहेको छ। तर, सडकले सार्थकता पाउन सकिरहेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *