पल्सर N125 बिर्तामोडमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै

नेपालमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि.ले झापा, बिर्तामोडमा पल्सर N125 को बहुप्रतीक्षित सार्वजनिक कार्यक्रम आयोजना गर्दैछ।

बजाज आफ्नो आकर्षक लन्च कार्यक्रमहरूका लागि परिचित छ, र यसपटक पनि त्यही शैलीलाई निरन्तरता दिँदै, नयाँ पल्सर N125 को लन्च संगीतमय साँझ मार्फत गरिँदैछ।

जेठ ६ गते साँझ ६:३० बजेदेखि खड्का कम्प्लेक्स, बिर्तामोडमा हुन गईरहेको यस कार्यक्रममा प्रवेश निशुल्क हुनेछ।

कार्यक्रममा चर्चित नेपाली कलाकारहरू सुगम पोखरेल, कमल खत्री, र वाइबा उर्गेन १६ को लाइभ प्रस्तुति रहनेछ।

कार्यक्रमको संचालन एम्सी अनु मानन्धरले गर्नुहुनेछ ।

कार्यक्रमको मुख्य आकर्षण नयाँ पल्सर N125 हो, जसमा १२४.५८cc एयर-कुल्ड, सिंगल सिलिन्डर इञ्जिन छ, जसले ८.८२ kW पावर र ११ Nm टर्क उत्पादन गर्दछ। यो १२५cc सेग्मेन्टमा पावर र स्टाइलको उत्कृष्ट संयोजन हो।

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. का मार्केटिङ प्रमुख अमितराज चालिसेले भन्नुभयो “N125 लाई बिर्तामोडमा ल्याउन पाउँदा उत्साहित हुनुका साथै ठूलो संख्यामा दर्शक र राइडरहरूको उपस्थिति अपेक्षा रहेको छ ” बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *