सत्यदीप इन्टरनेसनल प्रालिले मे १६ मा चितवनको पार्क सफारी रिसोर्टमा (KAGE) केज पार्टनर मिट २०२५ सफलतापूर्वक आयोजना गर्यो।
कार्यक्रममा डिलरहरु, साझेदार र प्रमुख व्यक्तिहरु सहभागी भएका थिए।
सत्यदीप इन्टरनेसनल प्रालिको संचालक दिपेन्द्र मिश्रले स्वागत मन्तव्य दिँदै कम्पनीको २० वर्षको यात्रा, गुणस्तर र देशव्यापी वितरणमा रहेको विश्वास प्रस्तुत गरे।
त्यसपछि केज ब्याट्रीको विशेष भिडियो देखाइयो, जसले उत्पादन क्षमतालाई झल्कायो।
केज ब्याट्रीका चोङ चिन सिओङले कम्पनीको अन्तर्राष्ट्रिय दृष्टिकोण र नयाँ प्रविधिबारे प्रस्तुति दिए। सत्यदीपका
संचालक दिपेन्द्र मिश्रले नेपालको लागि ब्रान्डको रणनीति, उल्लेखनीय वृद्धि र आगामी योजनाहरु स्पष्ट पारे।
हाल केज ब्याट्रीले चिनियाँ ब्याट्री बजारमा ४०% र दुईपांग्रे सवारी ब्याट्रीमा २०% भन्दा बढी हिस्सा लिएको छ, जसले यसलाई नेपालमा नम्बर १ ब्याट्री ब्रान्ड बनाएको छ।
अन्त्यमा, संचालक दिपेन्द्र मिश्रले सहभागी सबैलाई धन्यवाद दिँदै सत्यदीप इन्टरनेसनल प्रालिको नव प्रवर्तन, विश्वास र सहकार्यमा आधारित भविष्य यात्राको संकल्प व्यक्त गरे।