हेटौडामा स्कुल ब्याग प्रदान

हेटौँडा अटोमोवाइल्स एशोसिएसनको ३०ओैं स्थापना दिवशको उपलक्ष्यमा, त्रिबेणी आधारभुत बिद्यालय हेटौडा ९ मा १०० जना बाल बालिकाको लागि स्कुल ब्याग प्रदान गरि सम्पन्न गरियो ।

यस कार्यक्रममा संयोजकको भुमिका का. स. सदस्य सुजन उप्रेतीले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा डा. गोपिराम बन्जराले १५ थान ब्याग उपलब्ध गराउनु भएको थियो भने पुर्व अध्यक्षज्युहरु, सल्लाहकार, कार्य समितिका करिब सबै जनाको आर्थिक सहयोगमा यो कार्य सम्पन्न भएको जानकारी एसोसिएसनका अध्यक्ष ऋषि कुमार ढकालले दिनुभयो ।

 

अध्यक्ष ढकालले भन्नुभयो, संस्थाको उचाई बढाउने कार्य गर्नु हुने सबै सबै प्रति हार्दिक आभार, कृतज्ञता तथा धन्यवाद अर्पण गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *