आईएमई ग्रुपअन्तर्गत रहेको प्रतिष्ठित संस्था अशोक एलटी इन्जिनियरिङ सर्भिसेज प्रा.लि.ले आगामी शुक्रबार, मे २३, २०२५ (२०८२ जेठ ९ गते) बालाजुस्थित मुख्य कार्यालयमा ‘सर्भिस सम्राट २०२५’ प्रतियोगिता आयोजना गर्ने भएको छ।
‘सर्भिस सम्राट २०२५’ एक आन्तरिक प्राविधिक सीप प्रतियोगिता हो, जसको उद्देश्य टेक्निसियन र इलेक्ट्रिसियनहरुको निरन्तर सिकाइलाई प्रोत्साहन गर्नु, उत्कृष्ट प्रतिभाको पहिचान गर्नु र सेवा उत्कृष्टताको संस्कृति प्रवर्द्धन गर्नु हो।
प्रतियोगिता लिखित, मौखिक र प्रयोगात्मक गरी तीन चरणमा आयोजना गरिएको थियो, जसमा नेपालभरका ९० जना टेक्निसियन तथा इलेक्ट्रिसियनहरुले सहभागिता जनाएका थिए।
गहन मूल्यांकनपछि ७ जना टेक्निसियन र ३ जना इलेक्ट्रिसियन गरी १० जना फाइनलिस्टहरू छनोट भएका छन्।
अवार्ड वितरण समारोहमा टेक्निसियनतर्फ फर्स्ट रनर अप र सेकेन्ड रनर अप तथा इलेक्ट्रिसियनतर्फ ‘इलेक्ट्रिसियन च्याम्पियन २०२५’ घोषणा गरिनेछ। समग्र विजेतालाई ‘सर्भिस सम्राट २०२५’ को उपाधि प्रदान गरिनेछ।
यो प्रतियोगितामार्फत देशभर सीपयुक्त जनशक्ति विकास, गुणस्तरीय सेवा सुनिश्चितता तथा कार्य उन्मुख संस्थागत संस्कृतिको प्रवर्द्धन गर्न कम्पनीको प्रतिबद्धता स्पष्ट देखिन्छ।