Skip to content
भारतका ट्राभल ब्लगर यजिन र उनका दुई साथीहरूले टाटाको विद्युतीय कार ‘कर्भ इभी’ मा भारतको केरलाबाट काठमाडौंसम्म करिब ४,००० किलोमिटर यात्रा गरेका छन्।
टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका प्रतिनिधिहरूले काठमाडौंको थापाथलीस्थित शोरुममा उनीहरूलाई स्वागत गरे।
कम्पनीका अनुसार, कर्भ इभीको क्षमता र विश्वसनीयता प्रदर्शन गर्न यो यात्रा गरिएको हो।
यात्रामा सहभागीहरूले चार्जिङ नेटवर्कको उपलब्धता र गाडीको ग्राउण्ड क्लियरेन्सका कारण यात्रा सहज भएको बताएका छन्।
Post Views: 354