नेपालका लागि Jubao विद्युतीय भ्यानको आधिकारिक बिक्रेता आर्क्स ग्रुपले बिक्रीको आक्रामक सुरुवात गर्दै एकैपटक १८ भ्यान हस्तान्तरण गरेको छ।
राजधानीमा आयोजित विशेष कार्यक्रममा आर्क्स ग्रुपले स्वयम्भू हारती टुर्स एण्ड ट्राभल्स प्रालिलाई १८ थान Jubao EV भ्यान हस्तान्तरण गरेको हो। कम्पनीले प्रारम्भिक चरणमै व्यवसायीहरूबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको जनाएको छ।
स्वयम्भू हारतीले यी भ्यानहरू काठमाडौंबाट चितवन, हेटौंडा, वीरगन्ज लगायत स्थानहरूमा सार्वजनिक यातायातका रूपमा सञ्चालन गर्ने जनाएको छ।
Jubao विद्युतीय भ्यान विशेषगरी समूह यात्रा, शटल सेवा र व्यावसायिक प्रयोगका लागि उपयुक्त मानिएको छ।
Jubao ब्रान्डका यी EV भ्यानहरू चीनको Shandong Kama Automobile Manufacturing Co., Ltd. द्वारा उत्पादन गरिएका हुन्।
कम्पनीका अनुसार गाडीहरू वातावरणमैत्री, सञ्चालन खर्च कम हुने, र यात्राका लागि आरामदायक सुविधा दिने छन्।
आर्क्स ग्रुपका अध्यक्ष राजेशकाजी श्रेष्ठका अनुसार Jubao EV भ्यान हाल ११ र १४ सिट क्षमतामा उपलब्ध छन्।
नेपाली सडक, चार्जिङ पूर्वाधार र उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखी सुलभ मूल्यमा बजारमा ल्याइएको जनाइएको छ।
Jubao भ्यान काठमाडौं उपत्यकासँगै धनगढी, नेपालगन्ज, बुटवल, सुर्खेत, पोखरा, चितवन, इटहरी र विर्तामोडमा पनि उपलब्ध हुनेछन्। ती स्थानहरूमा सर्भिस र पार्ट्सको सुविधा पनि सुनिश्चित गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले Jubao EV लाई हरित, दिगो र आधुनिक यातायात समाधानका रूपमा नेपाली बजारमा प्रस्तुत गरेको जनाएको छ।