बजाजको ‘खुसीको मिटर’ का विजेता घोषणा

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा आयोजना गरेको ‘खुसीको मिटर’ का भाग्यशाली विजेताको घोषणा गरेको छ ।

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले आयोजना गरेको यो क्याम्पेनमा देशभरबाट हजारौं उत्साही सहभागीहरूले सहभागिता जनाएका थिए ।

सहभागीहरु मध्येबाट, लक्की ड्र मार्फत यस एण्ड ब्रदर्स अटो प्रा. लि., विराटनगरका मोसीम आलमले नगद एक लाख पुरस्कार जित्न सफल भएका हुन् ।

यो क्याम्पेनले गेमिङको रमाइलो र मोटरसाइकल किन्दाको खुसीलाई एकसाथ जोडेको थियो । जस अन्तर्गत ग्राहकहरूले डिजिटल अनुभवमार्फत रु. १ लाखसम्म नगद पुरस्कार र आकर्षक गिफ्टहरु समेत जित्ने अवसर पाएका थिए ।

बजाजले सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेम ल्याएको थियो । जसअन्तर्गत सहभागीहरुले घरमै बसी–बसी विभिन्न आकर्षक उपहारहरु जित्न सफल भएका छन् ।

ग्राहकले सो उपहार प्राप्त गर्न बजाज मोटरसाइकलको टेस्ट राइडमा पनि उल्लेखनीय सहभागिता जनाएका थिए ।

सबै सहभागीका लागि समान अवसर सुनिश्चित गर्दै निष्पक्ष र पारदर्शी लक्की ड्र प्रक्रिया मार्फत विजेताको छनौट गरिएको छ ।

विजेता आलमले १५० सिसि पल्सर मोटरसाइकल खरिद गरेका थिए ।

‘खुसीको मिटर’ क्याम्पेन केवल एक प्रचारको लागि मात्र नभइ यो टेक्नोलोजीको माध्यमबाट मोटरसाइकल किन्ने यात्रालाई अझ रमाइलो, इन्टरेक्टिभ र लाभदायक बनाउने प्रयास रहेको कम्पनीमा मार्केटिङ हेड अमितराज चालिसेले बताए ।

नगद एक लाख विजेता मोसीम आलमले आफ्नो जितको बारेमा थाहा पाएपछि आफ्नो खुशी व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *