यो एस वे ब्रान्डको निकैं आकर्षक तथा प्रिमियम भेरियन्ट हो । यसमा ४ हजार वाटको साइड मोटरको समेत प्रयोग भएको छ, जसमा एलोह ह्वील टायरको प्रयोग भएको छ ।
यसमा स्वाएपिङ (कार्ड) प्रविधिबाट स्कुटर अन–अफ गर्न सकिन्छ । यसमा ३८ एम्पियरको ग्राफिन ब्याट्रीको प्रयोग भएको छ । यसमा १ वर्षको वारेन्टी रहेको छ भने मोटरमा २ वर्षको वारेन्टी रहेको छ ।
यसमा एडजस्टेवल ब्रेकिङ सिस्टम रहेको छ, यो स्कुटरमा प्रयोग भएको मेटेरियलको गुणस्तर निकै राम्रो छ ।
यसमा रिभर्स सिस्टम पनि रहेको छ, ओरालोमा गुड्दा यो स्कुटरको ब्याट्री रिचार्ज हुन्छ ।
यो स्कुटर एकपटक फुल चार्ज गर्दा ८० देखी ९० किलोमिटर गुड्ने कम्पनीको दावी छ ।
हेर्दा निकैं आर्कषक देखिने यो प्रिमियम स्कुटर सोचेभन्दा कम मुल्य रहेको छ, बजारमा पाइने अन्य ब्राण्डहरुभन्दा करिब १ लाख नैं कम रहेको संचालक तुलाधर बताउँछन् ।