रोशीमा बाढीले वीपी राजमार्ग फेरि अवरुद्ध

काभ्रेको रोशी खोलाको आएको बाढीले वीपी राजमार्गमा फेरि सवारीसाधन आवगमन अवरुद्ध भएको छ।

आइतबार दिउँसो आएको पानीले रोशी खोलामा आएको बाढीका कारण वीपी राजमार्ग पूर्ण रुपले ठप्प भएको हो ।

बाढीले डाइभर्सन सबै बगाएको सडक डिभिजन कार्यालय सिन्धुलीले जनाएको छ। केही सवारीसाधन समेत बगाएको डिभिजन कार्यलयका इन्जिनियर सुदर्शन उप्रेतीले बताए ।

उपत्यकाबाट गएका सवारीसाधनलाई भकुन्डेबेसी र उताबाट आउने सवारीलाई खुर्कोट र नेपालथोकमा रोकिएको छ।

यस्तै, आइतबार साँझ ओभरलोड ट्रकका कारण पूर्वी नवलपरासीको चोरमारास्थित गिरुबारी पुल लच्किएपछि पूर्वपश्चिम राजमार्गमा आउजाउ ठप्प भएको छ।

जिल्ला प्रहरी कार्यलय नवलपरासी पूर्वीले साँझ ओभरलोड ट्रकले गर्दा उक्त पुल चर्किएर लच्किएका कारण सवारीसाधन आउजाउमा समस्या भएको जनाएको छ।

अहिले सवारीसाधनहरुलाई डाइभर्सन गरेर जाने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ।

गत पुस महिनामा पनि यही राजमार्गको विनयी खोलाको पुल ओभरलोड गाडीका कारण लच्किएर सवारी साधनको आवगमन बन्द भएको थियो।

यो पुल २०३१ सालमा निर्माण गरिएको थियो। लगभग ५० वर्ष पुरानो पुल भएकाले ओभरलोड ट्रकको लोड धान्न नसकेर यस्तो भएको अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *