नेपालमा केई गाडीको आधिकारिक वितरकका रुपमा लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्स प्रालि (केई नेपाल)ले आफ्नो बहुप्रतिक्षित वार्षिक कार्यक्रम ‘केई एक्सचेन्ज कार्निभल २०८१’ को घोषणा गरेको छ ।
आफ्ना इलेक्ट्रिक गाडीहरू ई–क्युट ०२, ई–क्युट ०४, र एक्स३ प्रो ईभीमा अविश्वसनीय अफरहरू सहितको यो मेगा एक्सचेन्ज कार्यक्रम आगामी शुक्रबारदेखी सोमबारसम्म थापाथलीस्थित केई शोरुम छेउ (हुण्डाई शोरुम अगाडि) आयोजना हुँदैछ ।
मेलामा ग्राहकले आफ्नो पुरानो गाडीको तत्काल उत्कृष्ट मूल्यांकन गराउन सक्नेछन्। साथै, हरेक मूल्यांकनमा आकर्षक नगद छुट र दुई जनाका लागि निःशुल्क क्यूएफएक्स मुभी टिकट प्राप्त गर्न सकिनेछ ।
मेलाको प्रमुख आकर्षका रुपमा एक्स३ प्रो एसयूभी खरिद गर्दा ६ लाख ५ हजारसम्मको लाभ लिन सक्ने बताइएको छ । यस एसयुभीको सुरुवाती मूल्य ४३ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
छनोट गरिएका मोडेलहरूमा बृहत बीमा सुविधा, सडक कर कभरेज र आकर्षक एक्सचेन्ज बोनस जस्ता थप लाभहरू पनि समावेश गरिएको कम्पनीको भनाई छ । साथै, हरेक ई–क्युट गाडीको बुकिङमा ग्राहकले ‘बोश जेट कार वासर’ र एक्स३ प्रो गाडीको बुकिङमा ‘बोश वासिङ मेसिन’ उपहार स्वरूप प्राप्त गर्नेछन् ।
कार्निभलमा सबै उमेर समूहका लागि पारिवारिक मनोरञ्जन, खेलकुद, र संगीतको समेत व्यवस्था गरिएको छ, जसले कार्यक्रमलाई थप रमाइलो र उत्सवमय बनाउनेछ ।
एक्सचेन्ज कार्निभल अवधिभर ग्राहकले आफ्नो पुरानो गाडीमा विशेषज्ञमार्फत उत्कृष्ट र अविश्वसनीय मूल्यांकन प्राप्त गर्न सक्नेछन् । यसका अतिरिक्त, विशेष एक्सचेन्ज बोनस, नगद छुट र सडक कर तथा बीमाको पूर्ण कभरेज प्रदान गरिरहेको छ ।