Skip to content
बेलायतमा निकै सफल मानिएको इलेक्ट्रीक मोडल मिफा–सेभेन समेत हिमालयन मोट्रक्सले नेपालमा ल्याएको छ ।
मेक्ससकै लग्जरी एमपीभी मिफा–सेभेन, निकै फराकिलो क्याबिन भएको मिफा–सेभेन कम्फर्ट र लग्जरीको लागि एक नमूना मान्न सकिन्छ ।

गाडीमा चालक सहित ७ जनाले आरामदायी यात्रा गर्न सक्छन् । यसको ‘सेकेण्ड रो’मा क्याप्टेन सिट दिइएको छ ।
मिफा–सेभेनमा ठूलो साइजको पानारोमिक सनरुफ दिइएको छ । दुवै साइडमा इलेक्ट्रीक पावर स्लाइडिङ डोर रहेको एमपीभीको ४५ स्थानमा स्टोरेज स्पेशहरु पाउन सकिन्छ ।

फ्ल्याट फ्लोर डिजाइन भएको मिफा–सेभेनमा ‘थर्ड रो’को सिटको लागि पनि धेरै ठाउँ रहेको छ ।
Post Views: 773