बजाज ग्रान्ड एक्सचेञ्ज मेला

बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले ‘बजाज ग्रान्ड एक्सचेञ्ज मेला’ सुरु गरेको छ।

यो मेला वैशाख २६ देखि जेठ १ गतेसम्म बिराटनगरको महाबीर चोक (धरान रोड) मा सञ्चालन हुनेछ।

मेलामा पुरानो बाइक साटेर नयाँ बजाज बाइक सहजै किन्न सकिनेछ। ग्राहकले मात्र नागरिकता देखाएर नयाँ बाइक खरिद गर्न सक्नेछन्।

कुनै पनि जग्गा प्रमाण, बिजुली बिल वा आम्दानीको प्रमाणपत्र पेश गर्नु नपर्ने भएकोले खरिद प्रक्रिया निकै सजिलो बनाइएको छ।

यस मेलामा ०% सेवा शुल्क, तुरुन्त फाइनान्स सुविधा, पुरानो बाइकको मूल्यमा अतिरिक्त १० हजार रुपैयाँसम्म बोनस, निःशुल्क एसेसरीज र “खुशी को मिटर”मार्फत नगद पुरस्कार तथा उपहार जित्ने मौका पनि छ।

बाइक मूल्यांकनको लागि काठमाडौंबाट आएका अनुभवी विशेषज्ञहरूले पुराना बाइकको उचित मूल्य निर्धारण गर्नेछन्। ग्राहकले उच्च मूल्यांकन पाएर नयाँ बाइक किन्न सक्नेछन्।

यो अवसर बजाज बाइक किन्ने सोचमा रहेका ग्राहकका लागि सुनौलो मौका हो। सजिलो प्रक्रिया, अतिरिक्त लाभ र उपहारका साथ यो एक्सचेञ्ज मेला विशेष बन्न गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *