टोयोटाको नाफा ३५% घट्ने

जापानको अटो कम्पनी टोयोटाले सन् २०२५/२६ मा खुद नाफामा ३५ प्रतिशतले गिरावट आउने प्रक्षेपण गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सवारी साधनमा कर वृद्धि लगायत अन्य कारण नाफा कम हुने टोयोटाले जनाएको हो ।

अमेरिकी राष्ट्रपतिले स्वतन्त्र व्यापारमाथि गरेको बहुआयामिक आक्रमणका कारण कार निर्माताहरू सबैभन्दा बढी मारमा पर्ने कम्पनी बनेका छन् ।

ट्रम्प प्रशासनले तयारी अवस्थामा रहेका कारहरूमा यसअघि नै २५ प्रतिशत कर लगाएको थियो भने शनिबारदेखि लागु हुनेगरी इन्जिन र ट्रान्समिसन लगायत अटो पाट्र्समा पनि यस्तै कर लगाएको छ ।

अप्रिलमा सुरु भएको जापानको चालू आर्थिक वर्षमा टोयोटाले ३.१ ट्रिलियन येन (२१.६ अर्ब अमेरिकी डलर) को खुद मुनाफाको अनुमान गरेको छ ।

“सन् २०२५ को अप्रिल र मे महिनामा अमेरिकी करको अनुमानित प्रभावलाई अस्थायी रूपमा हेरिएको छ,” विश्वको सबैभन्दा बढी बिक्री हुने कार कम्पनी टोयोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कम्पनीले मार्चसम्म १२ महिनामा करिब ४.८ ट्रिलियन येनको खुद नाफा कमाएको छ, जुन अघिल्लो बर्षको सोही अवधिमा भन्दा ३.६ प्रतिशतले कम हो तर फेब्रुअरीमा जारी गरिएको यसको पूर्वानुमानभन्दा यो प्रक्षेपण भने निकै फरक छ ।

यो घाटालेसन् २०२५/२६ को सञ्चालन मुनाफालाई १८० अर्ब येनको लयमा लाने यस महिनाको लागि योजनालाई असर पार्नेछ।

ब्लुमबर्ग इन्टेलिजेन्सका अटो विश्लेषक तात्सुओ योशिदाले टोयोटाको ‘प्रभाव र स्थिति’ को अर्थ यसको नाफाको पूर्वानुमानलाई जापानमा नजिकबाट नियालिरहेको बताएका छन् ।

“मेरो विचारमा टोयोटाले कुनै न कुनै तरिकाले कर वृद्धिको प्रभाव गणना गर्ने र यसको पूर्वानुमानमा प्रतिबिम्बित गर्ने तरिका पत्ता लगाउनेछ,” उनले एएफपीसँग भने ।

उनले भने, “आर्थिक अनिश्चितताका बीचमा टोयोटाले कुनै प्रकारको ‘बेन्चमार्क’ जारी गरेन भने सप्लायर्ससहित पूरै देश घाटामा जानेछ।”

गत वर्ष संयुक्त राज्य अमेरिकामा जापानले निर्यात गर्ने कुल निर्यातमा अटोमोबाइल्सको हिस्सा करिब २८ प्रतिशत रहेको थियो ।

ट्रम्पले फर्महरूमा ‘ओभरल्यापिङ करको प्रभावलाई सीमित गर्न एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै गत महिनाको अन्त्यमा अटोमेकरहरूमाथिको आफ्नो करको विवरणलाई घटाउन केही कदम अघि बढाएका थिए ।

ट्रम्पको नयाँ नीतिको अर्थ कम्पनीले आयातित सवारी साधनमा २५ प्रतिशत र स्टिल वा आल्मुनियममा २५ प्रतिशत कर गरी दुबैको सामना गर्नु पर्दैन ।

एक अमेरिकी वाणिज्य अधिकारीका अनुसार आयातकर्ताले यी दुईमध्ये बढी जुन कर बढी छ त्यो कर रकम तिर्नुपर्नेछ तर दुवै तिर्नुपर्दैन ।

राष्ट्रपतिले एक घोषणा पनि जारी गरेका छन् जसले उद्योगलाई आपूर्ति श्रृङ्खलाहरू संयुक्त राज्य अमेरिकामा फिर्ता सार्न दुई वर्षको ग्रेस अवधि प्रदान गर्दछ।

टोयोटाले सन् २०२४ मा विश्वभर एक करोड आठ लाख गाडी बिक्री गरेको थियो । नाकानिशी रिसर्च इन्स्टिच्युटका ताकाकी नाकानिशीले एएफपीसँग भने, “अमेरिकी करले कार कम्पनीहरूको आम्दानीमा कस्तो प्रभाव पार्छ भनेर अनुमान गर्न गाह्रो छ।”

“अटोमेकरहरूले संयुक्त राज्य अमेरिकामा उत्पादन स्थानान्तरण गर्ने सक्दो प्रयास गरिरहेका छन्, यद्यपि त्यहाँ तुरुन्त कुनै ठूलो परिवर्तन छैन किनकि उत्पादन स्थानान्तरण गर्न समय लाग्छ,” उनले भने ।

ट्रम्पले गत महिना अमेरिकामा प्रत्यक्ष हुने जापानी कार निर्यात र अन्य तरिकाबाट हुने कारको कारोबारबीचको ठूलो भिन्नतालाई सम्बोधन गर्न कर वृद्धिको हतियार उठाउनु परेको बताएका थिए ।

टोयोटा संयुक्त राज्य अमेरिकामा दोस्रो सबैभन्दा बढी बिक्री हुने अटोमेकर हो । यसले गत वर्ष २।३ मिलियन भन्दा बढी गाडीहरू अमेरिकामा स्थानान्तरण गरेको थियो भने अमेरिकी उद्योगको अग्रणी जनरल मोटर्सले जापानमा केवल ५८७ शेभ्रोलेट र ४४९ क्याडिल्याकहरू बेचेको थियो ।

अमेरिकी बहुराष्ट्रिय कार कम्पनी फोर्डले करिब एक दशकअघि जापानको कठिन बजारबाट हात झिकेको थियो ।

“तिनीहरूले हाम्रो कारहरू लिँदेनन् तर हामी तिनीहरूको लाखौँ कार लिन्छौँ !” ट्रम्पले गत अप्रिलमा जापानले आफ्नो सहयोगी मुलुक (अमेरिका) सँग ‘व्यापारमा निकै खराब व्यवहार’ गरेको आरोप लगाउँदै भनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *