बीवाईडीले आज (बुधबार) देखि नेपालभरि ‘बीवाईडी मेगा एक्सचेन्ज’ कार्यक्रम आयोजना गर्दैछ।
विद्युतीय सवारीमा रुचि राख्ने तथा आफ्नो पुरानो सवारी साटेर नयाँ प्रविधि अपनाउन चाहनेहरूका लागि यो उत्कृष्ट अवसर हुने कम्पनीले जनाएको छ।
बीवाईडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंकका अनुसार यो कार्यक्रममार्फत ग्राहकहरूले अत्याधुनिक बीवाईडी ब्लेड ब्याट्री र पुरस्कार-विजेता डिजाइनसहितका विद्युतीय गाडीहरूको अनुभव गर्न पाउनेछन्।
मेगा एक्सचेन्ज मेलामा सहभागी हुने ग्राहकहरूका लागि कम्पनीले आकर्षक अफरहरू सार्वजनिक गरेको छ ।
एक्सचेन्ज बोनस: पुरानो सवारीको उचित मूल्याङ्कनसहित थप बोनस।
८०% सम्म फाइनान्सिङ: सहज किस्ताबन्दीका लागि ८० प्रतिशतसम्मको फाइनान्सिङ सुविधा।
नगद लाभ: विशेष नगद छुटको अवसर।
१ वर्षको निःशुल्क बीमा: गाडी खरिदमा एक वर्षको बीमा निःशुल्क।
१० वर्षको विस्तारित वारेन्टी: मोटर र ब्याट्रीमा १० वर्षसम्मको विस्तारित वारेन्टी।
सबैभन्दा ठूलो आकर्षण: शून्य EMI ! यी नियमित अफरहरूका अतिरिक्त, कार्यक्रमको सबैभन्दा ठूलो आकर्षणको रूपमा ३ जना भाग्यशाली विजेताहरूले १२ महिनासम्म कुनै किस्ता (EMI) तिर्नु नपर्ने (शून्य EMI) सुनौलो अवसर प्राप्त गर्ने जनाइको छ ।
बीवाईडीले विद्युतीय सवारीमार्फत आफ्नो यात्रालाई रूपान्तरण गर्न र विश्वस्तरीय प्रविधिको अनुभव लिन इच्छुक सबैलाई यो मेगा एक्सचेन्ज कार्यक्रमको फाइदा उठाउन आग्रह गरेको छ।