Skip to content
रोयल इनफिल्ड स्क्र्याम ४४०: इन्जिन समस्याका कारण भारतमा बिक्री रोकियो
रोयल इनफिल्डले आफ्नो स्क्र्याम ४४० मोटरसाइकलको बिक्री भारतमा अस्थायी रूपमा रोकिएको घोषणा गरेको छ।
यसको कारण इन्जिनको ‘वुड्रफ की’ कम्पोनेन्टमा देखिएको समस्या हो, जसले गर्दा केही अवस्थामा बाइक स्टार्ट हुन नसक्ने समस्या देखिएको छ।
कम्पनीले हालसम्म बिक्री भएका बाइकहरूमध्ये करिब २ प्रतिशतमा यो समस्या देखिएको जनाएको छ।
स्क्र्याम ४४० नोभेम्बर २०२४ मा लन्च गरिएको थियो र २०२५ को सुरुवातदेखि भारतमा डेलिभरी सुरु भएको थियो।
नेपालमा यो मोडल उपलब्ध छैन।
कम्पनीले अर्को सूचना नआएसम्मका लागि बुकिङ र बिक्री बन्द गरेको छ र जुन २०२५ सम्ममा फेरि बिक्री सुरु गर्ने लक्ष्य राखेको छ।
Post Views: 259