उपल्लोबेङ्ग्रीमा सडक पुग्यो

बागलुङको उपल्लोबेङ्ग्रीमा सात वर्षपछि मोटरेबल सडकको पहुँच

बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–२ स्थित उपल्लोबेङ्ग्री गाउँमा सात वर्षको प्रयासपछि मोटरेबल सडक पुगेको छ।

सन् २०७५ मा ट्र्याक खोल्ने काम सुरु भए पनि भौगोलिक विकटता र अग्लो पहाडका कारण सडक विस्तारमा ढिलाइ भएको थियो।

अन्ततः अर्नाकोटतर्फबाट ट्र्याक विस्तार गरी वैशाख २१ गते गाउँमा सडक पुगेको हो।

सडक निर्माणका लागि यस वर्ष ९१ लाख रुपैयाँ खर्च गरिएको निसीखोला गाउँपालिका–२ का अध्यक्ष कुविर विकले जानकारी दिए।

उनका अनुसार, तल्लो बेङ्ग्री, चौरबेङ्ग्री हुँदै सडक जोड्ने प्रयास सफल नभएपछि अर्नाकोटबाट ट्र्याक विस्तार गरिएको हो।

उपल्लोबेङ्ग्रीमा ६५ परिवारमा २०० भन्दा बढी नागरिक बसोबास गर्छन्।

सडक पुगेपछि स्थानीयले यातायात र सामान ढुवानीमा सहजता हुने अपेक्षा गरेका छन्। स्थानीय खुमबहादुर खत्रीले सडक पुगेपछि गाउँमा थुप्रै सम्भावनाका ढोकाहरू खुलेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *