बस धनकुटामा दुर्घटना

सुनसरीको धरानबाट भोजपुरका लागि छुटेको बस धनकुटामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो धरानबाट यात्रु बोकेर भोजपुरका लागि छुटेको को १ ख २१७७ नम्बरको बस कोशी लोकमार्गअन्तर्गत धनकुटाको धनकुटा नगरपालिका–६, गोठगाउँमा दुर्घटना भएको हो ।

बस सडकबाट करिब ५० मिटर तल खसेर उत्तानाे परेकाे थियाे ।

दुर्घटनामा बस चालक सुनसरी धरान उपमहानगरपालिका–१३ का ५१ वर्षीय रुद्र तामाङ, बसका यात्रु भोजपुरको भोजपुर नगरपालिका–११ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठ र धनकुटाको धनकुटा नगरपालिका–६ का ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको मृत्यु भएको हो ।

प्रहरीका अनुसार राईको घटनास्थलमै र तामाङ र श्रेष्ठको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *