नेपालगन्ज एक्सचेन्ज मेलामा विश्व प्रतिष्ठित ब्राण्डहरु

यही बैशाख २६ र २७ गते दुई दिन, स्वस्तिका अटो एण्ड इन्जिनियरिङ वर्क्सले बाँकेको गनापुरस्थित आफ्नै शोरुम परिसरमा  नेपालगन्ज एक्सचेन्ज मेला आयोजना गर्न लागेको छ ।

उक्त मेलामा काई, जेएसी, फोर्ड, सिट्रोन र लिपमोटर लगायत ब्राण्डको गाडीसँग कुनै पनि अन्य कम्पनीका पुरानो गाडी एक्सचेन्ज गर्न सकिने स्वस्तिका अटो एण्ड इन्जिनियरिङ वर्क्सका प्रबन्ध निर्देशक निरन्जन राजभण्डारीले बताएका छन् ।

स्वस्तिका अटो पश्चिम नेपालमा विश्व प्रतिष्ठित ब्राण्ड फोर्ड , सिट्रोन, लिपमोटर, काई र जेएसीको स्थानीय वितरक हो ।

करिब डेढ दशकदेखि नेपालगन्जमा अटो मोबाइल व्यवसाय गर्दै आएको स्वस्तिका अटोले एकै छातामुनि धेरै प्रकारका ब्राण्ड बिक्री वितरण र साटफेर गर्ने नयाँ सोच अगाडि सारेको हो ।

जसले गर्दा एउटै छातामुनि धेरै प्रकारका ब्राण्ड भेट्दा ग्राहकहरुलाई छनोटमा सहज हुने अपेक्षा गरिएको छ ।

एक्सचेन्ज मेलामा स्पट भ्याल्युएशन, सहज फाइनेन्सको सुविधा र गिफ्ट ह्याम्परको पनि व्यवस्था गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *