एपिक राइडको सफल समापन

ट्रायम्फ नेपालका लागी आधिकारिक वितरक, हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा. लि. ले “एपिक राइडः इकोज अफ दि लस्ट किड्डम” सफल्ता पुर्वक सम्पन्न गरेको छ ।

अप्रिल २० देखि २७, २०२५ सम्म आयोजित आठ दिने यो रोमान्चक यात्रामा ४० जना ट्रायम्फ राइडरहरू सहभागी थिए ।

१००० किलोमिटरभन्दा बढीको दुरी पार गर्दै, राइडरहरूले ट्रायम्फको स्पीड ४०० र स्वर्याम्बलर ४०० एक्स मा नेपालको विविध भू-भागहरूमा यात्रा गरे – जसले यी मोटरसाइकलहरूको कठिन र उबडखाबड बाटोमा पनि उत्कृष्ट प्रदर्शन क्षमतालाई प्रमाणित गयो ।

यस राइडले नेपालको सांस्कृतिक सम्पदा प्रवर्द्धन, स्थानीय व्यवसायहरूलाई टेवा, र दुई पांग्रे पर्यटनको बढ्दो सम्भावनालाई उजागर गयो ।

पहिलो दिन राइडको सुरुआत ट्रायम्फ नेपाल शोरुमबाट भयो ।

बाइकरस् क्याफेमा बिहानको नास्ता पश्चात् राइडरहरू मुग्लिन, हेम्जा हुँदै कुश्मा पुगे ।

दोस्रो दिन देउराली र टिटी ताल घुम्दै राइडरहरू बेलुकाको बास मार्फा गाउमा गर्न पुगे ।

तेस्रो दिन जोमसोम नजिकको धुम्बा ताल, लुब्रा पास र निगिरी भिउ पोइन्ट हुँदै हिन्दू तथा बौद्धहरूको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरसम्मको यात्रा सम्पन्न भयो ।

चौथो दिन चुनौतीपूर्ण मार्ग पार गर्दै राइडरहरू प्राचीन पर्खालले घेरिएको मुस्ताङको राजधानी लो – मान्थाङमा पुगे ।

पाँचौं दिन शिजा झोङ गुफा, कोरला सीमा र अन्नपूर्ण माउन्टेन भिउ पोइन्टको अवलोकन् गर्दै लाटेमान्थाङमै बास बसे ।

छैठौं दिन स्याङबोचे, जोमसोम जस्ता मनमोहक ठाउँ पार गर्दै राइडरहरू तातोपानी पुगेर तातो पानीको कुन्डमा स्नान लिइ विश्राम गरे ।

सातौं दिन हेम्जा, घाँसिकुवा जस्ता रमणीय स्थल हुँदै कुरिनटामा दिनको अन्त्य भयो ।

आठौं दिनको यात्रा गल्छी, बिदुर, शिवपुरी हुँदै बाइकर्स क्याफेमा पुगेर ८ दिनको यात्रा सम्पन्न भयो ।

ट्रायम्फ नेपालका म्यानेजर सागर थापा भन्छन : “एपिक राइड : इकोज अफ दि लस्ट किड्डम केवल एक मोटरसाइकल यात्रा मात्र नभएर आजिवन बिर्सिनै नसकिने रोमन्चक यादहरु बने ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *